राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बक्सिङ खेलाडी छनोट
आगामी महिना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमका तीनवाट प्रदेशका बक्सिङ खेलाडी छनोट गरिएको छ ।
कञ्चनपुरको भीमदत्तनगरस्थित बक्सिङ प्रशिक्षण केन्द्रमा आयोजित प्रदेश स्तरीय छनोट प्रतियोगिताबाट ५ नम्बर, सुदुरपश्चिम र कर्णाली प्रदेश का खेलाडी छनोट भएका हुन् ।
सुदूरपश्चिम खेलकुद विकास समितिको आयोजनामा १९ फागुनदेखि थालिएको छनोट प्रतियोगिताबाट बुधबार महिला तथा पुरुष खेलाडी छनोट गरिएको बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी दिए ।
यसैबीच, बक्सिङ छनोट समापन समारोहमा नेपाली बक्सर दीपक मर्हजनले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै अन्य प्रदेशका खेलाडीलाई खेल सामाग्री वितरण गरेका छन् ।
खेलाडीलाई प्रशिक्षणमा सहयोग पुर्याउने उद्देश्यले व्यक्तिगत रुपमा खेलाडीलाई बक्सिङ् खेलका सामाग्री वितरण गरेको उनले बताए । ‘खेलाडीको अवस्था देखेर माया लाग्यो”, महर्जनले भने । – रासस