स्पेशल ओलम्पिक टोलीको बिदाइ
राष्ट्रिय खेलकुद परिषदले युएईमा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेको छ ।
परिषदका सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी देशको गौरव अभिवृद्धि गर्न सफलताको शुभकामना दिँदै मंगलबार बिदाइ गरे ।
युएईमा नेपालले फाइभ ए साइड युनिफाइड फुटसल, बोसी र एथलेटिक्समा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीमा सौरव कार्की, आदित बज्राचार्य, आदेशराज काफ्ले, अजय तामाङ, एलिसा न्यौपाने, सविना छुस्याबागा, नगिना महर्जन, क्षितिज बानियाँ, सुनीता सुनुवार, इशान श्रेष्ठ, धनबहादुर क्षेत्री, अनिश कार्की, महेन्द्र कार्की, ईश्वर लिम्बू, महिमा कोइराला र सागर शेरचन रहेका छन् ।
टोलीमा टोली नेता स्पेशल ओलम्पिक नेपालकी अध्यक्ष डा शिक्षिता श्रेष्ठ सहित प्रमुख प्रशिक्षक गणेश पराजुली, फुटसल प्रशिक्षक ठाकुरप्रसाद गौतम, एथलेटिक्स प्रशिक्षक राहुल लामिछाने र शान्ति थापा, बोसी प्रशिक्षक विमला लामा र मेडिकलमा रोजी श्रेष्ठ रहेका छन् ।
१४ देखि २१ मार्च तारिखसम्म हुने प्रतियोगिताका लागि खेलाडी र प्रशिक्षक प्रतियोगितामा सहभागी टोली २३ फागुनमा युएई प्रस्थान गर्नेछ । टोलीनेता श्रेष्ठ भने आजै युएई जाने राखेपले जनाएको छ ।