स्कुटर दुर्घटनामा युवतीको मृत्यु
कपिलवस्तुमा आज दिउँसो स्कुटर दुर्घटना हुँदा प्युठानकी २८ वर्षीया शान्ति रोका मगरको ज्यान गएको छ ।
तौलिहवा जितपुर सडक–खण्डको जहदी चोकमा लु २९ प ५७०० नम्वरको स्कुटर दुर्घटना हुँदा प्युठान, खलङ्गा– २ की २८ वर्षीय शान्ति रोका मगरको मृत्यु भएको छ ।
तिव्र गतिका कारण जहदी चोक नजिकको मोडमा स्कुटी अनियन्त्रित भई दुर्घटना भएको थियो ।
त्यसैगरी लु ३ त ३८८३ नम्वरको ट्याक्टर धनकौली ५ हर्दिडिहवामा दुर्घटना हुंदा सोही ठाउंका २४ वर्षीय राधेश्याम धोवीको मृत्यु भएको प्रहरीले जनाएको छ । खेत जोत्न जांदै गरेको ट्र्याक्टर पल्टिएर दुर्घटना भएको थियो ।
गोपाल भण्डारी, कपिलवस्तु