म्याक्सवेलको शतक, कोहली नतमस्तक
ग्लेन म्यासवेलले ५५ बलमा ११३ बनाएपछि अष्ट्रेलियाले सात विकेटले भारतविरुद्धको टि—ट्वेन्टी शृङ्खला २-० ले जितेको छ ।
आफ्नो तेस्रो टि—ट्वेन्टी शतक बनाउने क्रममा म्यासवेलले नौ छक्का र सात चौका प्रहार गरे । २२—२ को स्थिती छँदा ब्याटिङमा आएका उनी नटआउट रहे ।
यसअघि भारतले कप्तान विराट कोहलीको ३८ बलमा ७२ रनको नटआउट प्रदर्शनपछि निर्धारित ओभरमा ४ विकेटमा क्षतिमा १९० रन बनाएको थियो । भारतका लागि लोकेश राहुलले ४७ र महेन्द्रसिंह धोनीले ४० रनको योगदान दिएका थिए ।
तर, अष्ट्रेलियाले दुई बल छदै १९४ स्कोर बनाएको थियो । टिमका लागि डीजेएम सर्टले ४० रन जोडे । भारतका लागि विजय शंकरले सर्वाधिक दुई विकेट लिए ।