खेलकुदबुधबार, १५ फाल्गुण , २०७५

टि—ट्वेन्टीमा सन्दीपको अहिलेसम्मकै उत्कृष्ट बलिङ

हिमालखबर

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसल)मा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका छन्।

लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले आजको खेलमा क्वेटा ग्लाडिएटर्स क्लबविरुद्ध चार विकेट लिएका छन् ।

टी–२० खेलमा उनको अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । सन्दीपले चार ओभरमा १० रन मात्र खर्चिए । उनको १५ बलमा विपक्षी खेलाडीले कुनै रन लिन सकेनन् ।

सन्दीपको बलमा आज विपक्षीले छक्का र चौकासमेत प्रहार गर्न सकेनन् । यसअघि उनले टी–२० प्रतियोगितामा चार ओभरमा १० रन खर्चेर तीन विकेट लिएका थिए । साथमा कप्तान सर्पmराज अहमदको महत्वपूर्ण क्याच पनि लिए ।

दुबईमा जारी पीएसएल आजको खेलमा सन्दीपले पहिलो विकेटका रुपमा ग्लाडिएटर्सका ओपनर शेन वाट्सनलाई चौथो ओभरमा सात रनमा एलबिडब्लूको धरापमा पारेका थिए । छैटौँ ओभरको पहिलो बलमा सन्दीपले रोली रोस्सोलाई पभेलियन फर्काए ।

त्यही ओभरको अन्तिम बलमा उनले उमर अकमललाई एक रनमा आउट गरेका थिए । सन्दीपले चौथो विकेट डानिस एजाजको लिए ।

सन्दीपको घातक बलिङकै कारण क्वेटा १९.१ ओभरमा १०६ मा समेटिएको थियो । लोहोरले १०७ को लक्ष्य मात्र २ विकेटको नोक्सानमा १६.३ ओभरमै पार गरेको थियो । ८ विकेटको जितका लागि एबी डेभिलियर्स र ह्यारिस सोहेलले अविजित क्रमशः ४७ र ३३ बनाएका थिए ।

यसअघि १० फागुनमा सन्दीपले मुल्तान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस