भारतबाट ल्याएका चालीस हजार अण्डा नष्ट
चितवन र नवलपरासीमा भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ ।
भारतबाट बर्डफ्लु लागेको अण्डा अवैध रुपमा भित्र्याइ चल्ला उत्पादन गर्न लागेको आरोपमा भरतपुरको मिलन ह्याचरीले ल्याएको १० हजार र बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीको ल्याएका ३० हजार अण्डा नष्ट गरिएको हो ।
ह्याचरी उद्योगलाई धरासायी बनाउन भारतबाट बर्डफ्लु लागेको अण्डा अवैध रुपमा भित्र्याइएको पौडेलले नेपाल ह्याचरी उद्योग सङ्घका बरिष्ठ उपाध्यक्ष ऋषिराम पौडेलले बताए । रोगको प्रकोप फैलाउन अण्डाको अवैध कारोवार बढेको उनको भनाइ छ ।
चल्ला उत्पादनका लागि ह्याचरसेटमा राखिएकै अवस्थाबाट ह्याचरी उद्योग सङ्घका केन्द्रीय र जिल्ला पदाधिकारीको टोली र क्वारेन्टाइनका चिकित्सकको टोलीले अण्डा नष्ट गरेका हुन् ।
नेपालमा २१५ ह्याचरी उद्योग छन् भने चितवनमा मात्रै सयभन्दा बढी उद्योग छन् । प्रतिहप्ता ३० हजार बोइलर चल्ला र तीन लाख लेयर्स चल्ला उत्पादन हुने गरेको नेपाल ह्याचरी उद्योग सङ्घले जनाएको छ । - रासस