कला/साहित्यसोमबार, १३ फाल्गुण , २०७५

ओस्कारः ‘ग्रीन बुक’ सर्वोत्कृष्ट, ‘बोहेमियन र्‍यापसोडी’लाई चार अवार्ड

हिमालखबर

सन् २०१८ को एकेडेमी अवार्ड (ओस्कर) ‘ग्रीन बुक’ले जितेको छ ।

आइतबार अमेरिकाको लस् एञ्जलस्‌काे डल्बी थिएटरमा भएको ९१औं एकेडेमी अवार्ड वितरण समारोहमा पिटर फोरल्ली निर्देशित यो चलचित्रले एक हिसाबले नसोचेको सफलता पायो ।

‘ग्रीन बुक’ सन् १९६२ मा अफ्रिकी मूलका अमेरिकी पियानोवादक डन सिरले र कलाकार टोनी भालेलुंगाको दक्षिण अमेरिका यात्राको कथामा आधारित छ । टोनीका छोरा निकले यी दुई यात्रीसँग गरेको अन्तर्वार्ता र बुबाले आमालाई लेखेको पत्रहरु अध्ययन गरी फिल्मको कथा तयार पारेका थिए ।

तर, ओस्करको सबैभन्दा बढी चारवटा अवार्ड भने ‘बोहेमियन र्‍यापसोडी’को पोल्टामा पर्‍यो । सन् ७० र ८० को दशकमा तहल्का मच्चाएको बेलायती रक ब्याण्ड ‘क्विन’का गायक फ्रेडी मर्कुरीको जीवन समेटिएको यो चलचित्रले सर्वोत्कृष्ट अभिनेता, ध्वनि सम्पादन, ध्वनि समिश्रण र सर्वोत्कृष्ट चलचित्र सम्पादनको पुरस्कार पायो ।

ओस्कर विजेताहरुको सूचीः
चलचित्रः ग्रीन बुक
निर्देशकः अल्फोन्सो क्वारोन (रोमा)
अभिनेताः रामी मलेक (बोहेमियन र्‍यापसोडी)
अभिनेत्रीः ओलिभिया कोल्मन (द फेबरेट)
सहअभिनेताः मेहरशाला अली (ग्रीन बुक)
सहअभिनेत्रीः रेगीना किङ (इफ् बियल स्ट्रिट कुड टक)
मौलिक पटकथा : ग्रीन बुक (निक भालेलुंगा, ब्रायन कुरी र पिटर फारेल्ली)
‘एडप्टेड’ पटकथा : ब्लाकक्लानमन (चार्ली बाचटल, डेभिड रोबिनोविच,केभिन विलमट र स्पाइक ली –रोन स्टलवर्थको पुस्तकमा आधारित)
एनिमेटेड फिचर फिल्मः स्पाइडर मेन–इन्टु दि स्पाइडर भर्स
विदेशी भाषाको चलचित्रः रोमा (मेक्सिको)
वृत्तचित्र (फिचर): फ्रि सोलो
वृत्तचित्र (सर्ट सब्जेक्ट): पिरियड.इन्ड अफ सेन्टेन्स्
लाइभ एक्सन सर्ट फिल्मः स्किन
एनिमेटेड सर्ट फिल्मः बाओ
मौलिक संगीतः ब्लाक प्यान्थर (लुडविग गोरानसन्)
मौलिक गीतः स्यालो –ब्राड्ली कुपर र लेडी गागा –अ स्टार इज बर्न
ध्वनि सम्पादनः बोहेमियन र्‍यापसोडी
ध्वनि समिश्रणः बोहेमियन र्‍यापसोडी
प्रोडक्सन डिजाइनः ब्लाक प्यान्थर
सिनेमाटोग्राफीः रोमा (अल्फोन्सो क्वारोन)
शृङ्गार र केशविन्यासः भाइस
कस्ट्युम डिजाइनः ब्लाक प्यान्थर
चलचित्र सम्पादनः बोहेमियन र्‍यापसोडी
भिजुअल इफेक्ट्सः फर्स्ट म्यान

 

प्रतिकृया दिनुहोस