भारत–अष्ट्रेलिया टी २०ः अन्तिम बलमा अष्ट्रेलियाको रोमाञ्चक जित
आइतबार राति सम्पन्न भारत र अष्ट्रलियाबीच भएको खेलमा अष्ट्रेलियाले तीन विकेटको रोमाञ्चक जित हात पार्यो। भारत भ्रमणमा रहेको अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै भारतले दिएको १२७ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा अन्तिम बलमा जित दर्ता गर्यो।
जित हासिल गर्ने क्रममा अष्ट्रेलियाको लागि ग्लेन म्याक्श्वेलले ४३ बलमा ५६, डीअर्चीले ३७, पिटर ह्याड्सकम्बले १३ रनको योगदान दिएका थिए भने अरुले दोहोरो अंक जोड्न सकेनन्।
१२७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेटायो ।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्श्वेल र डीअर्ची शर्टले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जिताए। म्याक्श्वेलले ४३ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५६ रन बनाए। त्यस्तै, डीअर्चीले ३७ रन बनाए।
भारतका लागि ४ ओभरमा १६ रन दिई ३ विकेट लिएका जसप्रित बुमराहले १९ औं ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै जितको नजिक पुर्याएका थिए। उनले उक्त ओभरमा २ रन दिंदै २ विकेट लिएका थिए। अष्टेलियालाई अन्तिम ओभर आवश्यक १४ रन भारतीय बलर उमेश यादवले रोक्न नसक्दा भारतले हार व्यहोर्नु परेको थियो।
भारतले १२६ रन बनाउने क्रममा केएल राहुलले ५०, एमएस ध्वनिले २९ र कप्तान विराट कोहलीले २४ रन बनाएका थिए। यससँगै दुई खेलको सिरिजमा अष्टेलिया १–० ले अगाडि छ।