खेलकुदआइतबार, १२ फाल्गुण , २०७५

नेपालद्वारा हङकङ पराजित, नेरीको ६ विकेट

हिमालखबर

थाइल्याण्डको बैंककमा जारी आइसीसी वुमन्स् टि–ट्वेन्टी वल्र्डको एसियाली छनोटको चौथों खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ।

नेरी थापा । तस्वीरः नेरी थापाको फेसबूकबाट

जितमा अलराउण्डर नेरी थापाले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिइन् । टस जितेर ब्याटिङमा उत्रिएको हङकङलाई ६२ रनमा सिमित गर्ने क्रममा नेरीले ८ मध्ये ६ विकेट आफ्नो नाममा लेखाइन् । नेपालका लागि बाँकी दुई विकेट सीता रानामगरले लिइन् ।

६२ रनको सहज लक्ष्य पाएको नेपालका लागि शुरुवात भने सुखद रहेन । ९.२ ओभरमा २४ रन छँदा नेपालले चार विकेट गुमाइसकेको थियो ।

तर सरिता मगर र अप्सरी बेगमले ३२ रनको साझेदारी गर्दै नेपालको जित निश्चित गरेका थिए । अप्सरीले २४ र सरिताले नटआउट १६ रनको योगदान दिइन् ।

नेपालले आफ्नो लक्ष्य १८.३ ओभरमा पूरा गर्‍यो । सरिता मगर र नेरी थापा नटआउट रहे ।

हङकङका लागि जस्मिन टिटमसले सर्वाधिक तीन विकेट लिइन् ।

सात देश सहभागि प्रतियोगीतामा नेपालले चार खेलमा तीन जितेको छ । आयोजक थाइल्याण्डसँग पराजित नेपालले अब सोमबार चीनसँग र बुधबार कुवेतसँग खेल्नेछ ।

 

प्रतिकृया दिनुहोस