अर्थ/बजारशुक्रबार, १० फाल्गुण , २०७५

नबिल बैंकलाई स्टकको स्पष्टीकरण

हिमालखबर

नेपाल स्टक एक्सचेञ्जले नबिल बैंक लिमिटेडलाई सूचना दिन समय लगाएको भन्दै स्पष्टीकरण सोधेको छ ।

स्टकका कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलका अनुसार बैंकको ३४ औँ साधारणसभा यही २७ फागुनका लागि तोकिएको र धितोपत्र दर्ता बन्द १४ फागुनमा हुने भन्ने पत्र सात दिन पहिले पठाउनुपर्नेमा त्यस्तो नभएको पाइएको छ ।

के कति कारणले सोको जानकारी ढिला भएको हो ? कारण पत्र प्राप्त गरेको २४ घण्टाभित्र उपलब्ध गराउन स्टकले बैंकलाई पत्राचार
गरेको छ । –रासस

प्रतिकृया दिनुहोस