टासी घलेको पक्षमा अदालतको आदेश
टासी घलेलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मानार्थ अध्यक्षबाट तत्काल नहटाउन पाटन उच्च अदालतले आदेश दिएको छ ।
गत महीना अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गत ३ माघमा घलेलाई मानार्थ अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । लगत्तै घलेले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतका रजिष्ट्रार बाबुराम दाहालले दायर मुद्दामा प्रारम्भिक सुनुवाइपछि घलेलाई पदबाट तत्काल नहटाउन अन्तरिम आदेश दिएको बताए ।
एन्फाले गत वैशाखमा भएको निर्वाचन लगत्तै उनलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो । तर, एन्फाबारे विवादास्पद अभिव्यक्ति र कार्य गरेको भन्दै उनलाई पदबाट हटाइएको थियो । –रासस