महिला विश्वकप छनोट : यूएईमाथि नेपालकाे सहज जित
आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको एशिया छनोटमा नेपालद्वारा यूएई ७ विकेटले पराजित भएको छ ।
पहिलो खेलमा यूएईले दिएकाे ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा ३ विकेट गुमाएर पुरा गर्याे ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमै सबै विकेट गुमाएर ४१ रन बनाएको थियो ।
नेपालका लागि नेरी थापाले ४, सीता राना मगर, करुणा कुँवर र सोनु खड्काले २–२ विकेट लिएका थिए ।
ब्याटिङतर्फ रुविना क्षेत्रीले सर्बाधिक १८ रन बनाइन् भने काजल श्रेष्ठले १५ र सीता राना मगरले ६ रन बनाएका थिए ।
अप्सरी बेगमले भने खाता खोल्न सकिनन् ।