फ्रान्समा फ्लुबाट २८०० जनाको मृत्यु
फ्रान्समा चिसोमा संक्रमण हुने फ्लुको महामारीका कारण कम्तिमा दुई हजार ८०० जनाको मृत्यु भएको छ ।
यस बर्षको शीतकालीन समय अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म उनीहरुको मृत्यू भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।
मृत्यु हुनेमध्ये अर्थात् ७८ प्रतिशत ७५ बर्षमाथिका वृद्धहरू भएको फ्लुका समस्याबारे बिहीबार सार्वजनिक साप्ताहिक प्रतिवेदनमा उल्लेख छ ।
रिपोर्ट अनुसार फेब्रुअरी ११ देखि १७ सम्मको एक हप्तामा मात्रै करिब ११ हजार फ्रान्सेली नागरिकमा फ्लुको प्रभाव देखिएको थियो । उपचार तथा सल्लाहका लागि अस्पताल पुगेका मध्ये दुई हजार १३७ जनाले अस्पतालमा भर्ना भै उपचार सेवा लिइराखेका छन् ।
भर्ना भएकामा पनि अधिकांश ७५ बर्षमाथिका बृद्धबृद्धा र १५ बर्षमुनिका बालबालिका रहेको रिपोर्टमा छ ।
यद्यपि विरामीको सङ्ख्या तथा विरामी भै अस्पतालमा उपचार लिइरहेका मानिसको सङ्ख्या दुबै अघिल्लो हप्ताको तुलनामा कम भएको पनि जनाइएको छ ।
फ्रान्समा अघिल्लो हप्ता सम्भवत सबैभन्दा धेरै मानिसमा फ्लु अर्थात् ‘एचथ्रीएनटु’ को सङ्क्रमण देखिएको थियो । रासस/सिन्ह्वा