ढाकामा भीषण आगलागी, ७० जनाको मृत्यु
बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ ।
राजधानी ढाकाको बजार क्षेत्रमा भएको आगलागीमा जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन् ।
ढाकाको आगलागी नियन्त्रण विभागका एकजना अधिकारी महफुज रिवनका अनुसार ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्याँसको सिलीण्डर विस्फोट हुँदा आगलागी भएको हो ।
विस्फोट भएसंगैको घरमा रासायनिक पदार्थहरु राख्ने गरिएको एक गोदाम रहेकोले आगो झन् बढेको उनले जानकारी दिए ।
बुधबार राति करिब १० बजेतरि शुरु भएको आगो नियन्त्रणमा लिन कम्तीमा पनि ३७ ओटा दमकलको प्रयोग गरिएको उनले जानकारी दिएका छन् । अग्नि नियन्त्रक र ठूलो संख्याका कर्मचारीले बिहीबार बिहानीपख ३ बजेमात्र आगो नियन्त्रणमा लिएका थिए ।
ढाका प्रहरीले यहाँको उद्वारको कार्य अझै सम्पन्न भइ नसकेको जनाएको छ । उद्वारको कार्य जारी नै रहेको, कति जनाको ज्यान गएको हो भन्ने बारेमा पनि यकिन हुन बाँकी रहेको बताइएको छ ।
हाल ६९ जनाको शव भेटिएको तर जलेर अस्पतालमा उपचार गराइरहेका नागरिकको संख्या धेरै रहेकोले मृतकको संख्या निकै बढ्न सकने बताइएको छ । रासस/सिन्ह्वा