आठौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश नं ३ मा महिला भलिबल छनोट शुरु
आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता शुरु भएको छ ।
प्रदेश खेलकुद परिषद्को आयोजना र जिल्ला खेलकुद विकास समिति दोलखाको सहआयोजनामा चरिकोट टुँडिखेल मैदानमा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगितामा दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, चितवन, मकवानपुर गरी १२ जिल्लाका खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ ।
खेल अवधिभर सबै खेलाडीको मूल्याङ्कन गरी १२ टिमभित्रबाट खेलाडी छनोट गरी प्रदेश नं ३ को महिला भलिबल टिम बनाइने खेल संयोजक उमेश केसीले बताए ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित शुरु भएको खेल फागुन ११ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष हिरा थोकरले बताए ।
८ फागुनदेखि शुरु प्रतियाेगिता अन्तर्गत दोलखा र काभ्रेबीच भएको पहिलो खेलमा दोलखा तथा भक्तपुर र धादिङबीच भएको खेलमा भक्तपुरले जित हात पारेका छन् । रासस