भरतपुरकी उपप्रमुखलाई ज्यान मार्ने धम्की आएको भन्दै काङ्ग्रेसको आपत्ति
भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै नेपाली काङ्ग्रेस चितवनले आपत्ति जनाएको छ ।
नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीले विज्ञप्ति जारी गरी उपप्रमुख ठकुरीलाई एक विद्यार्थी नेताले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देश पठाएको भन्दै आपत्ति जनाएका हुन् ।
जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएकोप्रति पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा कुनै पनि बहानामा यस्ता धम्की तथा मनोबल गिराउने काम नगर्न/नगराउन भन्दै यस्ता गतिविधि गर्नेमाथि कारवाही गर्नसमेत सम्बन्धित निकायसँग माग गरिएको छ । रासस