संवैधानिक पद धारण गरेकाले बैंकको सञ्चालक हुन नपाउने
संवैधानिक पद धारण गरेका व्यक्ति अबदेखि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने भएका छन् ।
व्यवस्थापिका–संसद्, अर्थ समितिको बैठकले ६ मंसिरमा पारित गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) मा उक्त व्यवस्था गरिएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिए । उनले भने, “संवैधानिक पद धारण गरेका व्यक्ति अब बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन पाउने छैनन् ।” रासस