वडाध्यक्षले महिला पिटे
रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिका– ११ का वडाध्यक्ष जयकुमार बुढामगरले सोही वडा निवासी ४१ वर्षीया जयपुरा बुढामगरमाथि कुटपिट गरेका छन् ।
निर्माणाधीन महिला भवनलाई पक्की बनाउने विषयमा विवाद हुँदा वडाध्यक्षले जयपुरालाई कुटपिट गरेको बताइएको छ ।
वडाध्यक्षले आफूमाथि हेल्मेट प्रहार गरेको र ढुङ्गा भएको ठाउँमा धकेलिदिएको पीडित जयपुराले बताइन् । कुटपिटबाट उनको शरीरमा चोटपटक लागेको छ ।
जयपुराको अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । महिला विकास कार्यालयले गठन गरेको तत्कालीन पारालिगल समितिका सदस्यसमेत रहेकी उनले जयपुराले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
तर इलाका प्रहरी कार्यालयमा वडाध्यक्षले छलफल गर्न नमानेपछि पिडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने घटनाबारे जानकारी नभएको बताए । –रासस