मेटलाइफको ‘लाइफ केयर’ बीमा योजना
मेटलाइफ नेपालले लाइफ केयर म्यादी बीमालेखको शुरुआत गरेको छ ।
यस बीमालेखले जीवनको क्षति, आकस्मिक घटना र २४ वटा घातक रोगको आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
लाइफ केयर अन्तर्गतको ‘लाइफकेयर ब्यूटिफूल’ योजना महिलालाई लक्षित गरि तयार पारिएको छ । यसले महिलामा हुने कारसिनोमा, छालाको कलमी, दुर्घटनाका कारण गरिने मुख सम्बन्धी शल्यचिकित्सा, स्तन क्यान्सर, पाठेघरको क्यान्सर लगायतका १० रोगमा आर्थिक सुरक्षा प्रदान गर्नेछ ।
त्यसैगरी, ‘लाइफकेयर ब्रेभ’मा हृदयघात, उच्च रक्तचाप, कलेजो, मृगौला र फोक्सो, एनेमिया, बोनम्यारो ट्रान्सप्लान्ट लगायतका १४ वटा रोगको सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
लाइफ केयर योजनामा उपचार खर्च र रोग पत्ता लागेको अवस्थामा एकमुष्ठ रकम अग्रिम भुक्तानी दिइने छ ।
मेटलाइफ नेपालका हेड अफ मार्केटिङ्ग एण्ड कम्युनिकेसन अंकित राजभण्डारीले ग्राहकको सुरक्षामा कम्पनी सधैं तत्पर रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय विजनेस अवार्डमालाइफ केयर ले ‘सिल्भर स्टिभी’ अवार्ड समेत जितेको छ ।
उक्त योजनामा सहभागी हुनको लागि १८ देखि ६० वर्ष उमेरसम्मका व्यक्तिले एक, पाँच, १०, १५ र २० वर्ष सम्मका लागि आवेदन दिन सक्नेछन् ।
यसमा तीन महीनामा एकपटक, अर्धवार्षिक र वार्षिक रुपमा प्रिमियम तिर्न मिल्ने कम्पनीले जानकारी दिएको छ ।
अमेरिकन लाइफ इन्स्युरेन्सको शाखाको रुपमा मिट लाइफ सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ ।
मिट लाइफले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमाजस्ता योजनाहरु उपलब्ध गराइरहेको छ ।