शेयर बजारमा उछाल, नेप्से परिसूचक २२ अंकले बढ्यो
लगातार अाेरालाे लागेकाे शेयर बजारमा नेपाल राष्ट्र ब्यांककोे मौद्रिक नीति अर्धवार्षिक समीक्षाको प्रभाव देखिएको छ । ६ फागुनमा मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएपछि लामो समयदेखि सुस्त रहेको शेयर बजार आज (७ फागुन) २२.४४ अंकले उकालो लागेको छ । राष्ट्र ब्यांकले प्राथमिक पूँजी बराबर विदेशी ऋण ल्याउन पाइने, ब्यांक वित्तीय संस्थालाई दीर्घकालीन ऋणपत्र जारी गर्न दिने, पुनरकर्जा कोषको आकार ३५ अर्बबाट ५० अर्ब पुर्याउने लगायतका निर्णय गर्दै ब्यांकको ब्याजदर घटाउने प्रयास गरेको हो।
शेयर बजार २२.४४ अंकले बढेर ११२४.९६ अंक पुग्दा पनि कारोबार रकममा भने सुधार देखिएको छैन । दिनभरिमा १६७ कम्पनीको रु. २१ करोड ४५ लाख बराबरको शेयर किनबेच भयो।
बजार खुलेदेखि उकालो लागेको शेयर बजार अन्तीम आधा घण्टामा १० अंकले बढेको थियो। बढेको बजारमा ‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ ईन्डेक्स १.९४ प्रतिशतले उकालो लाग्यो।
कारोबार भएका शेयर बजार मापक सबै उपसूचकहरु उकालो लाग्दा सबै भन्दा बढी लाईफ ईन्स्योरेन्स उप–समूह ४.५७ प्रतिशतले बृद्धि भयो।
आज रु. १ करोड २७ लाख बराबरको शेयर खरिद बिक्रीभएको अप्पर तामाकोशी हाईड्रोपावर धेरै रकमको कारोबार गर्ने कम्पनी बन्दा ९.९३ प्रतिशतले मूल्य बढेको चौतारी लघुवित्त वित्तीय संस्था धेरै मूल्य बढ्ने कम्पनी बन्यो । दोहोरो अंकले बढेको बजारमा १० प्रतिशतले मूल्य घटेको वल् र्ड मर्चेन्ट ब्यांकिङ तथा फाइनान्स धेरै मूल्य घट्ने कम्पनी बन्यो।