कला/साहित्यमंगलबार, ७ फाल्गुण , २०७५

मलाइका–अर्जुन ‘डेट’मा छोरा अर्हान पनि !

हिमालखबर

बलिउडकी मोडल, ‘आइटम गर्ल’ मलाइका अरोरा (४६) पछिल्लोसमय अभिनेता अर्जुन कपूर (३३)सँगको सम्बन्धका कारण चर्चामा छिन् ।

१९ वर्षे वैवाहिक सम्बन्धपछि दुईवर्षअघि अरबाज खानसँगको सम्बन्धबिच्छेद गरेकी मलाइका र अर्जुन दुवैले आफूहरु विशेष सम्बन्धमा रहेको स्वीकार गरेका छन् । अहिले उनीहरु विभिन्न कार्यक्रममा सँगसँगै देखिन थालेका छन् ।

एक भारतीय पत्रिकाको अनलाइन संस्करणले सोमबारको भनिएको मलाइका र अर्जुन कपूरको ‘लञ्च डेट’को तस्वीर सार्वजनिक गरेको छ, जसमा मलाइका र अरबाजतर्फका छोरा अर्हान खान पनि साथै रहेको देखिएको छ ।

यसअघिका तस्वीरहरुमा मलाइकाका परिवारका सदस्यहरुमा बहिनी अमृता अरोरा मात्र देखिएकी थिइन् ।

१७ वर्षीय अर्हान अहिले आमा मलाइकासँगै बस्छन् । -एजेन्सी

तस्वीरः योगेन शाह

 

प्रतिकृया दिनुहोस