‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा पूरा गर्न ऊर्जा मिलोस् : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले 'समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न प्रजातन्त्र दिवसले सबैमा ऊर्जा दिने विश्वास व्यक्त गरेकी छन् ।
६९ औँ राट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यो सबै नेपाली जनताको चाहना भएकोले फागुन ७ ले सबैमा ऊर्जा दिने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले सबै नेपालीलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेकी छन् ।
प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपति भण्डारीले यस दिवसले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना समेत व्यक्त गरेकी छन् । – रासस