उपप्रधानमन्त्री निधि र चिनियाँ राजदूत होङबीच भेटवार्ता
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच आज भेटवार्ता भएको छ ।
भेटकाबेला सुरक्षा, आर्थिक विकास लगायतका विषयमा कुराकानी भएको थियो ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै गृहमन्त्री निधिले नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिइने उल्लेख गरेको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
गृहमन्त्री निधिले नेपालको विकासमा चीन सरकारले उपलब्ध गराउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गरेका थिए ।
सो अवसरमा राजदूत होङले नेपालको विकास र समृद्धिमा चीन सरकारको तर्फबाट भइरहेको सहयोग निरन्तर जारी रहने बताउँदै दुई देशबीचको सम्बन्ध थप उचाइमा पु¥याउने प्रतिवद्धता जनाएकी थिइन् ।