पाँच प्रतिशत घटेपछि शेयर कारोबार रोक्का
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित भएको पाँच दिनमा शेयर बजारमा भारी गिरावट आएको छ । २४ साउनमा कारोबार शुरु भएको साढे दुई घण्टामा ८८.८१ अंक घटेपछि आजलाई कारोबार रोक्का गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेप्से घटेपछि ८७ करोड ९३ लाख ८१ हजार ८११ रुपियाँमा ११ लाख ८२ हजार ५७१ कित्ता शेयर किनबेच भएको थियो ।