बारामा बम विष्फोट, एक घाइते
बाराको पथलैयास्थित शंकर लामाको घरमा बम विष्फोट हुँदा एक जना घाइते भएका छन् ।
उक्त घटनामा बारा, गढिमाई–१२ पिलुवाको ४० वर्षीय गोपिलाल श्रेष्ठ घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीयका अनुसार श्रेष्ठ लामाको घरमा पस्दावित्तिकै ठूलो आवाजमा विष्फोट भएको थियो । श्रेष्ठले बम बोकेको हुनसक्ने उनीहरुको आशंका छ ।
देब्रे हात क्षत–विक्षत भएका घाइते श्रेष्ठलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा भर्ना गरिएको छ । प्रहरीले अनुसन्धानका लागि थप दुई जनालाई नियन्त्रणमा लिए पनि उनीहरुको नाम खुलाएको छैन ।
उक्त घरलाई सुरक्षा घेरामा राखी नेपाली सेनाको सहयोगमा अनुसन्धान गरिरहेको प्रहरीले विष्फोट भएको बम कस्तो थियो भन्ने बारेमा एकिन भइनसकेको जनाएको छ ।
लामाका घरमा विष्फोट भएलगत्तै नजिकै रहेको होली गार्डेन स्कुलमा पनि बम राखिएको हल्ला चलेपछि त्यहाँ रहेका विद्यार्थी–शिक्षकहरुमा भागदौड मच्चिएको थियो । यद्यपी प्रहरीले सर्च गर्दा त्यहाँ कुनै बम फेल परेन ।
श्याम गुप्ता, बारा