बारा जीप दुर्घटनाका घाइते सिडिओ भट्टराईको निधन
बारामा जीप दुर्घटनामा परी घाइते भएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेशप्रसाद भट्टराईको निधन भएको छ ।
बाराका सिडिओ भट्टराईको आज अपराह्न उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, काठमाडौंमा निधन भएको हो ।
गत १२ माघमा भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको ना १ झ १६३३ नम्बरको स्कारर्पियो जीप बाराको पसाहामा ट्याक्टरसँग ठोक्किएको थियो । पोखरेलको घटनास्थलमै निधन भएको थियो।