जेठी छँदैं कान्छी भित्र्याउने पक्राउ
दोश्रो बिबाह गर्ने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने भोजपुरको साल्पालिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमतीका रुपमा भित्रीने पाँचथरको फालेलुङ गाउँपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जबेगुलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रीमानले कान्छी श्रीमती भित्र्याएकाले कानूनबमोजिम कारवाहीको माग गर्दै थुलुङकी जेठी श्रीमती सोमिला राईले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी छन् ।
राईको जाहेरीका आधारमा उक्त जोडीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । -रासस