हिरो गोल्डकपः म्यान्मारसँग नेपाल निरीह, ३–१ गोलले पराजित
नेपाली महिला फुटबल टोली आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधिबाट पुनः बञ्चित भएको छ ।
शुक्रबार भारतको उडिसामा भएको हिरो वुमन्स् गोल्डकप प्रतियोगिताको उपाधिका लागि भएको भीडन्तमा नेपालले फेरि नतिजा म्यान्मारलाई ३–१ ले सुम्पियो ।
खेल मध्यान्तरसम्म भने दुवै टिमले १–१ को बराबरी खेलेका छन् । तर, ५४ र ६३ औं मिनेटमा म्यान्मारले दुई गोल थपेको थियो ।
म्यान्मारले प्रतियोगिताको उद्घाटन खेलमा पनि नेपाललाई ३–० ले हराएको थियो । फिफा बरियतामा म्यान्मार ४४ औं स्थानमा छ भने नेपाल १०८ औं स्थानमा ।
म्यान्मारले ३४ औं मिनेटमा गोलको अग्रता लिएको थियो । तर, मध्यान्तरको थप एक मिनेटको इन्जुरी समयमा नेपालकी मञ्जली योञ्जनले गोल फर्काएर बराबरी सम्भव तुल्याइन् ।
नेपाली समयानुसार साँझ ६ः१५ बजे शुरु भएको थियो ।
म्यान्मारले प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई ३–० ले हराइसकेको छ । तर, गत नोभेम्बरमा म्यान्मारको राजधानी यांगुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एशियाली छनोटको पहिलो चरणको भेटमा नेपालले म्यान्मारलाई १–१ मा रोकेको थियो ।
नेपालले फाइनल यात्राका लागि दक्षिण एशियाली च्याम्पियन भारत र इरानलाई पराजित गरेको थियो ।