काभ्रेमा हेस्टर बायोसाइन्सेज
हेस्टर बायोसाइन्सेज लिमिटेडले काभ्रेको नालामा शाखा खोलेको छ ।
१ फागुनमा नालामा आयोजित समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शाखाको उद्घाटन गरेका हुन् ।
हेस्टर नेपाल प्रा.लि.मा गोल्छा अर्गनाइजेशन र हेस्टर बायोसाइन्सेज लिमिटेड भारतको संयुक्त लगानी छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हेस्टर बायोसाइन्सेजको शाखाले किसानहरुलाई पशुपालनमा मद्दत पुग्नुका साथै अर्थतन्त्रमा समेत योगदान दिने बताएका छन् ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले निर्यात उन्मुख उद्यमले दिगो आर्थिक विकासमा मद्दत गर्ने बताए । उनले भने “ हेस्टर बायोसाइन्सेसले नेपाली र अन्तर्राष्ट्रिय बजारमा पुर्याएको सेवा प्रशंसायोग्य छ ।”
हेस्टर बायोसाइन्सेज नेपालका प्रमुख कार्यकारी अधिकृत राजीव गान्धीले सस्तो मूल्यको गुणस्तरीय उत्पादनले पशुपालनमा भोग्दै आएको समस्याहरु सामाधान हुने बताएका छन् ।
गोल्छा अर्गनाइजेशनका कार्यकारी निर्देशक शेखर गोल्छाले सरकारले पशुहरुको हेल्थ केयर कम्पनीलाई प्रवद्र्घन गर्न उच्च प्राथमिकता दिनुपर्ने बताए ।
हेस्टरले उच्च प्रविधिको प्रयोग गरेर कुखुरादेखि चौपायाहरुलाई आवश्यक पर्ने भ्याक्सीन उत्पादन गर्दै आइरहेको छ ।