सिभिल ब्याङ्क र सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता
सिभिल ब्याङ्क लिमिटेडले जीवनबीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा ब्याङ्कका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सानीमा लाइफको जीवनबीमा सेवा सिभिल ब्याङकका ७१ वटै शाखाबाट उपलब्ध हुनेछ ।
सिभिल ब्याङ्कले यसअघि विभिन्न बीमा कम्पनीहरु सम्झौता गरी सेवा उपलब्ध गराउँदै आइरहेको छ ।