हाम्रो नेपाली किबोर्ड ५० लाख डाउनलोड
हाम्रो नेपाली किबोर्डको एप ५० लाख पटक डाउनलोड भएको छ ।
किबोर्ड नेपाली इमोजी सहितको परिस्कृत भर्सन् जनवरीमा मात्रै सार्वजनिक गरिएको थियो ।
यसअघि सन् २०१८ को नोभेम्बरमा हाम्रो पात्रोको एप ५० लाख पटक डाउनलोड भएको थियो ।
प्रणय दिवसको अवसरमा हाम्रो नेपाली किबोर्डले माया प्रेम दर्शाउने नयाँ स्टिकर पनि थपेको छ ।