डीपीएलः डबासको प्रेरणाले काठमाडौंको दोस्रो जित
अंकित डबासले फेरि पनि ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं गोल्डेन्स्ले महेन्द्रनगर युनाइटेडमाथि सात रनको विजय हासिल गरेको छ । काठमाडौंको यो दोस्रो जित हो भने महेन्द्रनगरको दोस्रो हार ।
टस हारेर ब्याटिङमा निम्त्याइएको काठमाडौंले ५ विकेटको क्षतिमा एक सय ३४ रनको योगफल तयार पा¥यो । जसमा, अंकित एक्लैले ५५ बलको सामना गर्दै नटआउट ६५ रन बनाए । धनगढी स्टार्स्सँगको पहिलो खेलमा डबासले टिमका लागि २९ रन र एक विकेट लिएर ‘प्लेअर अफ द म्याच’ बनेका थिए ।
६.५ ओभरमा स्कोरबोर्डमा ३७ रन छँदा कप्तान ज्ञानेन्द्र मल्लको तेस्रो विकेट गुमाएको काठमाडौंका लागि डबासले नेतृत्वदायी भूमिका खेले । योगेन्द्रसिंह कार्कीले पनि १४ बलमा २२ रन बनाउँदै योगफलमा उकास्न योगदान गरे ।
महेन्द्रनगरका तर्फबाट अमर रौटेलाले दुई विकेट लिए भने मोहम्मद नाभेद, अविनाश बोहरा र सागर ढकालले एक÷एक विकेट लिए ।
एक सय ३५ रनको लक्ष्य लिएको महेन्द्रनगरले निर्धारित २० ओभरमा एक सय २७ रनमात्र बनायो । टिमका लागि उनै बलर रौटेलाले सर्वाधिक २८ रन बनाए । कप्तान शरद भेषवाकर २३ रनमा आउट भए भने बाँकी कुनै पनि ब्याट्समेनले गतिलो प्रदर्शन गर्न सकेनन् ।
बलिङमा रशिद खान जमे, उनले तीन विकेट लिए । डबासले दुई विकेट लिदैं बलिङमा पनि प्रशंसा कमाए । नन्दन यादव, ललितनारायण राजवंशी र योगेन्द्रसिंह कार्कीले एक÷एक विकेट लिए । खेलको ‘प्लेअर अफ द म्याच’ डबास घोषित भए ।
यतिबेला विराटनगर किंग्स र धनगढी स्टार्स्बीच दोस्रो खेल भइरहेको छ ।