पाँचथरमा आज सार्वजनिक विदा
फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष अमर नेम्वाङको शोक मनाउन आज पाँचथरमा सार्वजनिक विदा दिइएको छ ।
जिल्लाभरका सबै गाउँ तथा नगरपालिकाहरुले संयुक्त रुपमा निर्णय गर्दै सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
नेम्वाङको गत शनिवार हृदयघात भई निधन भएको थियो ।
नेम्वाङ नेपाली कांग्रेसका तर्फबाट गाँउपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसअघि २०४९ र ०५४ सालमा साविक पौवासारताप गाउँ विकास समितिको अध्यक्ष तथा २०३३, २०३९ र २०४४ सालमा पौवा सारताप गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए ।
लक्ष्मी गौतम, पाँचथर