समाचारमंगलबार, २९ माघ , २०७५

जनवरीमा ९१ हजार पर्यटक

हिमालखबर

सन् २०१९ को पहिलो महिना नेपाल आउने पर्यटकको संख्या २५.४ प्रतिशतले वृद्धि भएको छ । सन् २०१८ को जनवरीमा ७३ हजार २०० विदेशी पर्यटक नेपाल भ्रमणमा आएकोमा यो वर्ष जनवरीमा ९१ हजार ७९३ पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार तिमध्ये ७७ हजार ३०० पर्यटक हवाईमार्ग र १४ हजार ४९३ पर्यटक स्थलमार्ग हुँदै नेपाल आएका हुन् ।


जनवरीमै नेपाल आउनेमा थाइल्याण्डका पर्यटकको संख्या सबैभन्दा बढी ६९.८ प्रतिशतले वृद्वि भएको छ । त्यस्तै जापानी ३८ प्रतिशत, अष्ट्रेलियाली ३१.३ प्रतिशत, अमेरिकी, २८.१ प्रतिशत, भारतिय २०.६ प्रतिशत, यूरोपेली २० प्रतिशत र चिनियाँ १४ प्रतिशतले बढेका
छन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी नेपाल बारे प्रवाह भइरहेको सकारात्मक समाचारले पर्यटकको संख्या बढेको बताउँछन् । पर्यटन सम्बद्ध निजी क्षेत्र र सरकारको लगातारको प्रयासमा यसमा कारक भएको बताउँदै उनी यस्तै भइरहे भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुने दावी गर्छन् ।

प्रतिकृया दिनुहोस