शेयर बजारमा गिरावट
आज (साेमबार) शेयर बजार ०.६७ अंकले ओरालो लागेको छ। साताको तेस्रो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक घटेर ११२८.१९ अंकले घटेकाे छ। आज १६४ कम्पनीको रु. १९ करोड ४१ लाख बराबरको शेयर किनेबेच भएको छ।
दिनभरिमा रु. ३ करोड १० लाख बराबरको शेयर खरिद बिक्री भएको प्रभु ब्यांकको संस्थापक शेयर धेरै रकमको कारोबार गर्ने कम्पनी बन्दा ७.६३ प्रतिशतले मूल्य बढेको जेबिल फाइनान्स धेरै मूल्य बढ्ने कम्पनी बन्यो । यस्तै धेरै मूल्य घट्ने कम्पनीको अग्रस्थानमा ३.४८ प्रतिशतले मूल्य घटेको महालक्ष्मी विकास ब्यांक रह्यो।
मंगलबार ब्यांकिङ, होटल, विकास ब्यांक, अन्य र माईक्रोफाइनान्सको उपसूचक ओरालो लाग्दा ट्रेडिङ, हाइड्रोपावर, फाईनान्स, ननलाइफ ईन्स्योरेन्स, लाइफ ईन्स्योरेन्स र उत्पादनमूलक उपसूचक भने उकालो लागेका छन् ।