समाचारमंगलबार, २९ माघ , २०७५

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसदको माग

हिमालखबर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले बुझाएको प्रतिवेदनबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

उनले विद्यार्थी, अभिभावक, आमजनताको चासोको विषय सरकारले गुमराहमा राख्नु आश्चर्यजनक भएको टिप्पणी गरे ।

प्रतिवेदन सरकार, शिक्षा मन्त्रालय र आयोगको मात्र विषयवस्तु नभएकोले तत्काल सार्वजनिक गर्न अधिकारीले माग गरे ।

“आयोगले जुन दिन प्रतिवेदन सरकारलाई बुझायो, त्यही दिन नै सार्वजनिक गर्नुपर्ने थियो”, सांसद अधिकारीले भने, “प्रतिवेदनबारे सदन बेखबर छ, त्यसमाथि किन छलफल चलाउन चासो लिइएन ? त्यसमा आधारित भएर अन्धकारमा बनाइएका विधेयक स्वीकार्य हुँदैन ।”

- रासस

पढ्नुहाेस् ।

विद्यालय शिक्षाः निजी गलाउने कि सरकारी सुधार्ने

प्रतिकृया दिनुहोस