माइकल फेल्प्सको १९ औं ओलम्पिक गोल्ड
अमेरीकी पौडीबाज माइकल फेल्प्सले आफ्नो करियरको १९ औं ओलम्पिक स्वर्ण पदक जीतेर इतिहास बनाएका छन् ।
फेल्प्स सहभागी अमरीकी टोलीले ४ x १०० मीटर फ्रीस्टाइल रिले रेसमा स्वर्ण पदक जितेको छ ।
यो सहित ३१ वर्षीय फेल्प्सले पांचवटा ओलम्पिकमा २३ वटा पदक प्राप्त गरिसकेका छन् । अमरीकी टोलीले तीन मिनेट, ९.९२ सेकेन्डमा यो दौड पूरा गरेको थियो ।
फ्रान्लेस रजत पदक र अस्ट्रेलियाली टोलीले कास्य पदक जितेका छन् ।
जितपछि माइकल फेल्प्सले भने, "मेरो मुटु बेस्सरी धड़कीरहेको थियो, म निकै भावुक भएँ र रोइदिएँ।"
माइकल फेल्प्स ओलम्पिकको इतिहासमा सबैभन्दा धेरै स्वर्ण पदक जित्ने एथलिट हुन् ।
सबैभन्दा धेरै स्वर्ण पदक जीतने सूचीको दोस्रो नम्बरमा रूसी जिम्नास्ट लुरीसा लातनीना छन् जसले नौ गोल्ड मेडल प्राप्त गरेकी छन् ।