खेलकुदमंगलबार, २९ माघ , २०७५

नेपालद्वारा भारत पराजित

हिमालखबर

भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले सोमबार घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ ।

नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । खेलको पाँचौँ र सातौँ मिनेटमा उनले गरेको गोल नै नेपाललाई विजयी दिलाउन पर्याप्त बन्यो ।

भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरेकी थिइन् । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार साँझ ७ बजेदेखि शुरु भएको थियो ।

पहिलो खेलमा म्यानमारसँग पराजित नेपाललगायत भारत र म्यानमारले तीन, तीन अंक जोडेको छ ।

नेपालमा दोस्रो चरण प्रवेशका लागि बुधबार इरानको सामना गर्नेछ । –रासस

 

प्रतिकृया दिनुहोस