आइसिसी वरियतामा पारस, सोमपाल र बसन्तको सुधार
अन्तर्राष्ट्रिय (आइसिसी)ले सोमबार सार्वजनिक गरेको टी ट्वेन्टीको नयाँ विश्व वरियतामा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले सुधार गरेका छन् ।
यसै महीना संयुक्त अरब इमिरेट्स (युएइ) मा सम्पन्न युएइविरुद्धको तीन खेलको टी ट्वेन्टी सिरिजपछि कप्तान खड्काले व्याटिङतर्फ ६ स्थान सुधार गर्दै ९०औँ स्थानमा उक्लेका छन् । अघिल्लो महीना कप्तान खड्का ९६औँ स्थानमा थिए ।
त्यसैगरी अलराउन्डतर्फ खड्का ४०औँ स्थानमा रहेका छन् । त्यस्तै नयाँ वरियताको बलिङतर्फ सोमपालले २३औँ स्थान सुधार गर्दै ७०औँ स्थानमा उक्लेका छन् । सोमपाल यसअघि ९३औँ स्थानमा थिए । अलराउण्डरतर्फ भने सोमपाल ५१औँ स्थानमा परेका छन् ।
बलिङतर्फ वसन्त तीन स्थान सुधार गर्दै ७१औँ स्थानमा उक्लेका छन् । अघिल्लो महीनाको बरियतामा उनी ७४औँ स्थानमा थिए ।
नयाँ वरियताअनुसार ब्याटिङमा पाकिस्तानका बाबर आजम, बलिङमा अफगानिस्तानका राशिद खान र अलराउन्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्षस्थानमा छन् ।