शेयर बजार १.३४ अंकले बढ्यो
साताको दोस्रो दिन सोमबार शेयर बजार १.३४ अंकले उकालो लागेको छ ।
दिनभरीमा १ सय ६६ कम्पनीको रु. २० करोड २७ लाख बराबरको शेयर खरीद बिक्री हुदाँ नेप्से परिसूचक झिनो अंकले बृद्धि भई ११२८.८६ अंकमा पुगेको हो ।
रु. १ करोड ४० लाख बराबरको शेयर खरिद बिक्री भएको माथिल्लो तामोकोशी हाईड्रोपावर दिनको धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो ।
९.८९ अंकले मूल्य बढेको चौतारी लघुवित्त वित्तिय संस्था धेरै मूल्य बढ्ने कम्पनी बन्दा बरुण हाईड्रोपावर धेरै मूल्य घट्ने (३ प्रतिशत) कम्पनी बन्यो ।
बढेको बजारमा ब्यांकिङ र उत्पादनमूलक बाहेकका सबै उपसूचक उकालो लागेका छन् । सबैभन्दा धेरै विकास ब्यांक उपसमूह ०.९६ प्रतिशतले उकालो लाग्यो ।