महिला गोल्डकप : भारतलाई जित्नैपर्ने दवाव
भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ।
पहिलो खेलमा म्यानमारसँग ३-० ले पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ। नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ।
घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसँग पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ। आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना न्यून बन्नेछ।
प्रतियोगितामा एक/एक जित निकालेको भारत र म्यानमारको समान तीन/तीन अङ्क जोडेको छ। नेपाल र इरानले अङक जोड्न सकेका
छैनन् ।– रासस