समाचारआइतबार, २७ माघ , २०७५

दुर्घटनापछि बेलायतका राजकुमारले लाइसेन्स त्यागे

हिमालखबर

बेलायतका राजकुमार फिलिपले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) त्यागेका छन् ।

गत महिना फिलिप आफैँले चलाएको ल्यान्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा बुढ्यौली उमेरमा सवारी चलाउने बारेमा बहस शुरु भएको थियो । ९७ वर्षिय फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुन् ।

बकिङघम राजदरबारले एक विज्ञप्ति प्रकाशन गरी राजकुमारले स्वेच्छिक रुपमा लाइसेन्स त्याग गरेको जनाएको छ । प्रहरीले राजदरबारको बाहिरपट्टि भएको उक्त दुर्घटनासम्बन्धी फाइल अभियोजनकर्ता समक्ष पठाएको जनाएको छ । ल्यान्ड रोभर जीपका चालकले स्वेच्छिक रुपमा लाइसेन्स फिर्ता गरेको प्रहरीले पुष्टी गरेको छ ।

सीपीएसका प्रवक्ताले घटनामा राजकुमारको नाम जोडिएकाले त्यसै अनुरुप छानबिन गरिने बताएका छन् । तर फिलिपमाथि कारबाही सम्भावना ज्यादै न्यून रहेको विश्लेषकहरुले बताएका छन् ।

फिलिपको जीपले किया कारलाई ठक्कर दिएको थियो । प्रहरीले किया कारको पछिल्लो सिटमा रहेका बालकलाई भने केही भएको छैन । कारमा सवार महिलाको कम्मर र घुँडामा चोट लागेको छ ।

राजकुमार फिलिपले सन् २०१७ देखि सार्वजनिक जीवनबाट अवकाश लिएका थिए । गत वर्ष उनको पिठ्युँ प्रतिस्थापन शल्यक्रिया गरिएको
थियो । –रासस र एएफपी

प्रतिकृया दिनुहोस