कला/साहित्यआइतबार, २७ माघ , २०७५

आलिया करण जौहरकी ‘कठपूतली’: कंगना

हिमालखबर

बलिउड अभिनेत्री कंगना रनौतले सहकर्मी आलिया भट्ट करण जौहरको ‘कठपुतली’ भएको आरोप बताएकी छिन् ।

यतिखेर कंगना आफ्नो महत्वांकाक्षी चलचित्र मणिकर्णिकाः द क्विन अफ झाँसी लाई बलिउडका चर्चित हस्तीहरुद्वारा नियोजित रुपमै वेवास्ता गरेको भन्दैं आक्रोशित छिन् । उनको आक्रोशबाट आमिर खानजस्ता स्टार पनि बचेका छैनन् ।

आलियाले उनी अभिनित ‘राजी’ प्रवद्र्धन गर्न लाजै पचाएर आग्रह गरेको भन्दैं कंगनाले उनी भने आफ्नो कुनै पनि चलचित्रको ‘प्रिमियर’मा नआएकोमा गुनासो पनि गरेकी छन् ।

मैले आलियालाई पूरै भारतले रुचाएको मेरो ऐतिहासिक चलचित्र मणिकर्णिका बारे किन बलिउड मौन छ भनेर सोधेकी थिए, तर जवाफ केही पाइन”, एक मनोरञ्जन अनलाइनसँग अन्तर्वार्तामा उनले भनेकी छिन्, “म उनलाई महिला सशक्तिकरण र राष्ट्रवादसँग जोडिएका चलचित्रहरुलाई मेरुदण्ड फैलाएर साथ दिन अनुरोध गर्छु ।”

आलियाले यसो नगर्ने हो भने उनको सफलताको कुनै अर्थ नभएकोसमेत कंगनाको भनाइ थियो । “खालि पैसाको पछि लागेर आवाज नउठाउने हो भने म त्यसलाई म त्यस्तो सफलताको कुनै अर्थ देख्दिन”, उनले भनेकी छिन् ।

कंगनाको भनाइमा आलियाको आफ्नो कुनै विचार छैन । “यदि उनी आफ्नै विचार बनाउँदिनन् र करण जौहरकी ‘कठपूतली’ हुनमै आफ्नो अस्तित्व देख्छिन् भने म यसलाई सफलता मान्छिन्”, कंगनाले भनेकी छिन् ।

यता फेब्रुअरी १५ मा रिलिज हुने आफ्नो नयाँ चलचित्र गली ब्याय को प्रचारमा सक्रिय आलियाले भने कंगनाले यस्तो आरोप लगाउने गरि आफूले केही नगरेको बताइन् ।

“मलाई व्यक्तिगत र अभिनेत्रीका रुपमा पनि कंगना मन पर्छिन”, एक पत्रिकासँग कुरा गर्दै आलियाले भनेकी छन्, “यदि अञ्जनावश केही भइहालेको भए म व्यक्तिगत रुपमै उनको गुनासो सम्बोधन गर्ने प्रयास गर्नेछु, उनी जसरी होइन” । –एजेन्सी

 

 

प्रतिकृया दिनुहोस