अन्तर्वार्ता/विचारशनिबार, २६ माघ , २०७५

‘लगानी आउन नदिन देशभित्रै षड्यन्त्र’

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विदेशी लगानी आउन नदिन देशभित्रै संगठित षडयन्त्र भइरहेको बताएका छन् ।

सरकारको पहिलो वर्षगाँठ (३ फागुन)को समीक्षाका क्रममा हिमाल खबरपत्रिका सम्पादक किरण नेपालसँग विशेष कुराकानी गर्दै प्रधानमन्त्री ओलीले ‘देशमा अधिनायकवाद छ, लगानीमैत्री वातावरण छैन’ भनेर भ्रम फैलाइएको आरोप पनि लगाएका छन् ।

देशभित्रका राजनीतिक पार्टीले ‘विदेशीहरू यहाँ आउन सक्ने वातावरण छैन, सुरक्षा छैन’ भन्ने प्रस्ताव पारित गरेकोतर्फ संकेत गर्दै प्रमले तर यस्ता शक्तिले हिंसामा उद्यत, चरम लुटपाट र धम्क्याएर पैसा उठाउने विप्लवको पार्टीको भने विरोध गरेको आफूले नसुनेको बताएका छन् ।

यसबीचमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध धुमिल पार्न नियोजित रुपमा परिस्थितिहरूलाई उक्साउन थालिएको प्रति आफू गम्भीर भएको प्रमले बताए । सञ्चारमाध्यममा ‘भारतीय खेलाडी, कामदारले श्रम स्वीकृति लिनुपर्ने’, ‘नेपाल जस्तो देशमा सदाचार नियम !’ जस्ता हल्ला सुनिन थालेको तर तर यसबारे कुनै निर्णय नै नभएको उनको दाबी थियो ।

वैचारिक पूर्वाग्रह र पूर्वधारणाका कारण सरकारप्रतिको अनावश्यक विरोध भइरहेको भन्दैं ओलीले ‘अब देश विकास हुने भयो र यो लोकप्रिय हुने भयो’ भन्ने डरका कारण पनि विरोधीहरु अत्तालिएको दाबी गरे । “बुझे हुन्छ, जुन झूट, भ्रम र अलमल्याउने कुरा भइरहेको छ, ति जनताकै तहबाट आएकै होइनन्, यस्ता हल्लाहरूको प्रभाव निर्णायक तहमा पथ्र्यो भने न अस्तिको निर्वाचनमा त्यस्तो परिणाम आउँथ्यो, न म नै यहाँ हुन्थें ।”

सरकारले एक वर्षमा आश्चर्यजनक सक्रियता देखाएको दोहो¥याउँदै प्रधानमन्त्रीले नयाँ संविधानले ल्याएका संरचनागत प्रणालीगत परिवर्तनलाई संस्थागत गर्ने, ७६१ वटा विभिन्न तहका सरकारलाई शक्ति हस्तान्तरण र सहज व्यवस्थापन चाँनचूने कुरा नठान्न आग्रह गरे ।

“मौलिक हक कार्यान्वयनमा असाधारण ढङ्गले हामी लागिरहेका छौं । अब संसदीय निर्वाचनको एक वर्ष भित्रै बनाइसक्नुपर्ने कानूनहरू २१ फागुनभित्रै सक्नुपर्नेछ । यी काम पनि लगभग सकिएका छन्”, प्रधानमन्त्रीले उपलब्धिका सन्र्दभमा थपे, “अहिले काम भइरहेको देख्नेले कहिल्यै देख्दैनन, न पुल बनेको देख्छन् न बाटो बनेको ?”

प्रधानमन्त्रीले यो एक वर्षमा सरकारले ‘फाउण्डेसन फर फ्युचर (भविष्यका लागि आधार)’ बसाएको र यसैको आधारमा ‘डिरेक्सन फर फ्युचर (भविष्यको दिशा)’ देखाएको दाबी पनि गरेका छन् । “त्यसैले हामीले भन्यौं, यो आधार वर्ष हो । सुशासन र विकास हाम्रो आगामी वर्षको योजना हो । भ्रष्टमाथि उधुम कारबाही हुन्छ । अहिले म त्यसैको अध्ययन गरिरहेको छु ।”

-विस्तृत अन्तर्वार्ता आइतबार (भोलि)को हिमाल खबरपत्रिका को अंकमा पढ्नुहोला ।

 

प्रतिकृया दिनुहोस