समाचारशुक्रबार, २५ माघ , २०७५

बाँध भत्किँदा मर्नेको संख्या एक सय ५७ पुग्यो

हिमालखबर

ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउने व्यक्तिको संख्या १५७ पुगेको छ ।

                                                                                                                                            तस्वीर: एपी

 

अझै पनि उक्त दुर्घटनामा परी १८२ व्यक्ति वेपत्ता रहेका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो विवरण सार्वजनिक गरिएको छ ।

शुरुमा करिब ३०० व्यक्ति हराइरहेका जानकारी गराइएको थियो । बेपत्ता भएका व्यक्तिका शव फेला पर्दै गएपछि सो संख्या १५७ पुगेको र १८२ बेपत्ता रहेका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

फसेका करिब १९२ व्यक्तिलाई जिवीतै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फभिओ गडइनडोले बताए । उनका अनुसार, अब कसैको जीवितै उद्धार हुने आशा भने झिनो छ ।

बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शहरका करिब ३९ हजार जनसंख्या प्रभावित भएका छन् । –रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस