समाचारशुक्रबार, २५ माघ , २०७५

अधिकारी ह्याम्स अस्पतालमा

हिमालखबर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ ।

अधिकारीमा श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले बताए ।

२ माघमा स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो । मेडिसिटीमा सुधार नभएको भन्दै अधिकारीलाई ह्याम्स लगिएको हो ।
थापाका अनुसार, अहिले अधिकारीलाई चिकित्सकहरु भगवान कोइराला, मनबहादुर केसी र अर्जुन कार्कीलगायतका समूहले उपचार गरिरहेको छ ।

८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ । –रासस

प्रतिकृया दिनुहोस