समाचारबिहिबार, २४ माघ , २०७५

भोलिदेखि ‘बि’ डिभिजन लिग

हिमालखबर

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुँदैछ ।

प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबहरू झम्सिखेल युवा क्लब, रानीपोखरी कर्नर टिम (आरसिटी), श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिष्पर्धा गर्नेछन् ।

शुक्रबार शुरु हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाले १२ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ’ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब रहेका छन् ।

यस्तै समुह ‘बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन् । लिग विजेताले रु. आठ लाख पाउने छन् । उपविजेताले रु. पाँच लाख, तेस्रो हुनेले रु. तीन लाख र चौथो हुने टोलीले रु.दुई लाख पाउनेछन् । लिग रेलिगेशन बिनाको हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।

एन्फाले ‘बी’ डिभिजन क्लबलाई लिगको तयारी खर्चवापत रु.सात÷सात लाख उपलब्ध गराइसकेको छ । ‘ए’ डिभिजन लिग गरेलगत्तै एन्फाले ‘बि’ डिभिजन फुटबल लिग आयोजना गर्न लागेको हो ।–रासस

प्रतिकृया दिनुहोस