थप समाचारबिहिबार, २४ माघ , २०७५

मुलुकभर वर्षा र हिमपात

हिमालखबर

सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात भइरहेको छ ।

मुगुकाे राराताल अासपास परेकाे  हिमपात । तस्वीर: अच्युतराज भण्डारी । 

जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार, २६ माघसम्म मुलुकभर मध्यमखालको वर्षा तथा हिमपात हुने सम्भावना छ ।

भोलि, शुक्रबार काठमाडौं आसपासको फुल्चोकी, दामन, चन्द्रगिरिलगायत अग्लो स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस