समाचारबुधबार, २३ माघ , २०७५

सिण्डिकेट कायमैः मुख्यमन्त्री पौडेल

हिमालखबर

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्रको सिण्डिकेट नीतिगत रुपमा खारेज गरिए पनि व्यावहारिक रुपमा कायम रहेको बताएका छन्।

नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको बुधबार उद्घाटन गर्दै पौडेलले यसले यातायात व्यवसायी अन्योल रहेको आफूले महसुस गरेको बताए। यातायात क्षेत्रलाई समेट्ने छुट्टै ऐन चाहिने उल्लेख गर्दै उनले खर्बौं लगानी रहेको यो क्षेत्रको आर्थिक योगदानको कदर गरिनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले देशको आर्थिक क्षेत्र विदेशीको कब्जामा पर्न नदिन बेलैमा सचेत हुन व्यवसायीहरुलाई सचेत गराए । यस अवसरमा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले चाँडै यातायात परिषद् गठन गरिने र त्यसको नियमनमा यातायात उद्योगलाई राखिने जानकारी समेत दिएका थिए।

कार्यक्रमका प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले यातायात क्षेत्रले यातायात मजदूरलाई नियुक्तिपत्र दिनुपर्ने बताए। –रासस

 

प्रतिकृया दिनुहोस