मैत्रीपूर्ण फुटबलमा नेपालद्धारा जापान पराजित
नेपाल–जापान कूटनीतिक सम्बन्ध ६०औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा नेपालले जापानलाई १–० गोलले पराजित गरेको छ ।
एएफसी सोलिडारिटी कप जितेर फर्केको टीम नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ४ मंसिरमा जापानी टोलीलाई हराएको हो । नवयुग श्रेष्ठले ५७औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
एन्फा र जापानको गैरसरकारी संस्था ‘कलरबाथ’को संयुक्त आयोजनामा सम्पन्न खेलमा दुबै टीम राम्रो अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । विक्रम लामा ‘म्यान अफ द म्याच’ घोषित भए ।
जापानी टोलीका प्रशिक्षक टोडा काजुयुकीले टीम नेपाललाई रक्षापंक्तिमा सुधार गर्न सुझाव दिएका थिए ।
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतले दुवै टोलीका खेलाडीलाई प्रशंसापत्र वितरण गरे । तस्वीरः गोल नेपाल